नेपाल सम्वतको शुभकामना
नेपाल सम्वतको शुभकामना
मिति २०७५ कार्तिक २२
नेपाल सम्वत ११३९ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल सम्वत मौलिक सम्वत हो । यो नेपाली परम्परा र मौलिकतासंग गाँसिएको छ । शंङखधर साँख्वाले गरिबको ऋणमोचन गरेका कारण शुरु भएको मानिने यस सम्वतले सामाजिक विभेदको अन्त्य, समानताको स्थापना,विपन्नहरुको सम्मान र सामाजिक सद्भावमा स्थापनामा सधै महत्व राख्छ ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानमा व्यवस्था भएअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई जनादेश अनुसारको नयाँ सरकार गठन भइ संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको छ । व्यवहारिक रुपमा संघीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न संकल्पित छौं । मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं ।
समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा नेपाल सम्वतको अवसरमा पुनः सबैमा हार्दिक शुमकामना ।
शंकर पोखरेल
मुख्यमन्त्री