(Monday, 23 September, 2019)

 थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु समुदायमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुभाषिक र बहुजातीय मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । कुनै समुदायका सांस्कृतिक उत्सव र पर्व अहिले कुनै जाति र समुदाय विशेषका मात्रै नभएर सबैको साझा बन्दै जानु हाम्रो समाजका लागि सुखद विषय हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको छ । अहिले मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा छ । संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् । अन्त्यमा, अट्वारी पर्वको अवसरमा थारु समुदायमा हार्दिक मंगलमलय शुभकामना । शंकर पोखरेल मुख्यमन्त्री मिति २०७६ भदौ १५