(Saturday, 19 October, 2019)





४ जेठ, २०७६
२५६३ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनीतथादाजुभाइहरुमाहार्दिक शुभकामनाव्यक्तगर्दछु ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६३ वर्ष अघि लुम्विनीमाजन्मिएकासिद्धार्थ गौतम बुद्धविश्वशान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ ।  वुद्धले मानवकल्याण, अहिंसा र शान्तिको खोजीकालागि२९ वर्षको उमेरमाराजगद्दीको उत्तराधिकार सहितगृहत्यागगर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृहत्यागगर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागिमहानदार्शनिकविचारवाट समाजलाई दिक्षितगर्नु भयो । र,मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफलहुनु भयो । वुद्धका उपदेशआज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीकालागिमात्रै नभएर सम्पूर्ण मानवजातिकै लागिअमुल्यनिधिभएका छन् ।
प्राचीनकपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनिदविएर रहेका छन् ।ती सम्पदास्थलको अन्वेषण गर्दै मानवजातिको अमुल्यनिधिका रुपमा संरक्षितगर्नु आफ्नो कर्तव्य ठान्दछौ । साथै यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरुतिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोजअनुसन्धानतथापर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ । त्यसकालागिपनिहामी योजनाबद्ध रुपले अघि बढ्ने प्रतिबद्धता व्यक्तगर्दछौ ।
संसारमादुःख छ ।दुःखको कारण छ र दुखनिवारणगर्न सकिन्छ भन्ने वुद्धको शिक्षावाट प्रेरणा लिदै यस प्रदेशको गरिवी, पछौटेपन र अविकासको अवस्था सदाकालागिअन्त्यगर्नविकास र समृद्धिको बाटोमा अघि वढ्नु जरुरी छ । प्रदेश सरकारले सोही उद्देश्यअनुरुप समृद्ध प्रदेश खुसीजनताको संकल्प अघि सारेको छ । त्यो संकल्पलाई पूरा गर्न हामी योजनाबद्ध विकास यात्रामा अघि बढेका छौ ।
लुम्बिनीको पर्यटन प्रवद्र्धनकालागिप्रदेश सरकारले बुद्ध जन्मस्थललुम्बिनीजाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथआजलुम्बिनी भ्रमण वर्ष औपचारिक रुपमाशुभारम्भ गर्दैछ । लुम्बिनी र यो क्षेत्रकाबौद्ध सम्पदास्थलमाहुने पर्यटन प्रवद्र्धनकार्यक्रमबाट राम्रो लाभलिनसक्नुपर्छ । प्रदेश समृद्धिको मुख्यआधार पर्यटन विकास बनाएर प्रदेश सरकारले आफ्नो यात्रा अघि बढाइरहेको बेलापर्यटन प्रवद्र्धनकालागिलुम्बिनी भ्रमण वर्ष कार्यक्रमनिकै महत्वपूर्णहुने अपेक्षालिएको छु ।
२५६३औ बुद्ध जयन्तीको अवसरमा पुनःसम्पूर्ण दिदीवहिनीतथादाजुभाइहरुमाहार्दिक मंगलमयशुभकामनाव्यक्तगर्दछौ ।

मुख्यमन्त्री
शंकर पोखरेल