(Tuesday, 16 July, 2019)
 | News

लुम्बिनी । भूटानी राजकुमारी हाईनेस असी ईकु फेईमा वाङचुकको लुम्बिनी पुगेकी छिन् । 

भूटानी राजकुमारी चुकको भारतबाट स्थलमार्ग बेलहिया नाका हुँदै पहिलो पटक लुम्बिनी आएकी हुन् । 

उनको साथमा भूटान राजपरिवारकी सासूआमा असीसानगोडेन वाङचुक सहित अन्य नौ जना राजपरिवार सदस्यहरुको सहभागिता रहेको लुम्बिनी बिकास कोष सूचना शाखाले जानकारी गराएको छ । 

कोषस्थित सहायक सूचना अधिकृत राजन बस्नेतका अनुसार भूटानी राज परिवारलाई कोषका उपाध्यक्ष भिक्षु मेत्तइय कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र योजनाप्रमुख  सरोज भट्टराईलगायत उच्चकर्मचारी तथा बिभिन्न बौद्धबिहारका भिक्षुहरु द्वारा खादा ओढाई बौद्ध परम्परा अनुसार स्वागत सत्कार समेत गरेको छ । 

आज बिहान भूटानी राजकुमारी चुक नेतृत्वमा आएको राजपरिवारले मायादेबी मन्दिरमा ध्यानबसी पूजाआराधना पश्चात कपिलबस्तुको तिलौराकोट, कूदान तथा निग्लिहवा समेतको अवलोकन भ्रमण सम्पन्न गरी पुनः लुम्बिनी फर्केको सहायक सूचना अधिकारी बस्नेतले बताए । 

भूटान राजपरिवारको लुम्बिनी भ्रमणबाट प्रभावित भई भूटानी नागरिकहरुको लुम्बिनी आगमनमा अझै बृद्धि हुने अपेक्षा समेत गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेइयले दाबी गरे ।