(Monday, 21 October, 2019)
 | News

मुख्यमन्त्रीसंग बेलायती राजदुतको भेट 

नेपालका लागि बेलायतका राजदुत रिचर्ड मोरिस र बेलायत अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीका नेपाल प्रमुख डा. रुरिक मार्सडेनले आज मुख्यमन्त्री शंकर पोखरेललाई भेट गर्नुभयो । भेटमा उहाँहरुले प्रादेशिक सरकारसंग मिलेर काम गर्ने चाहना व्यक्त गर्नुभयो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले पहिले विकास परियोजनाको प्राथमिकता निर्धारण गर्ने र त्यसपछि छलफल गर्ने बताउनु भयो ।